Logo
Logo

वैज्ञानिक समाजवादीको राष्ट्रिय भेला भोलिदेखि


567
Shares

काठमाडौं । विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको पहिलो राष्ट्रिय भेला भोलि (बिहीबार)बाट हुने भएको छ ।

काठमाडौंमा आज पत्रकार सम्मेलन गरि केन्द्रीय सदस्य मदन अर्यालले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा भोलि दिउँसो १२ बजे भेलाको उद्घाटन हुने जानकारी दिए । पहिलो राष्ट्रिय भेलाले वैज्ञानिक समाजवादको कार्यदिशा, प्रमुख उत्पादक शक्ति विज्ञानप्रविधिमा आधारित वैज्ञानिक समाजवादको स्वरुप, संरचना र कार्य योजना लगायतका कार्यक्रमहरु तय गर्ने जनाइएको छ ।

भेलामा ५० जिल्लाका प्रतिनिधि सहभागी हुने उनले जानकारी दिए । साथै भारत, यूरोप, कोरिया र मध्य एसियाका देशहरुबाट समेत प्रतिनिधित्व हुने जानकारी दिए ।

भेलामा अन्तर्राष्ट्रिय गीत र सास्कृतिक झाँकीहरु पनि कार्यक्रममा प्रस्तुत गरिने उनले बताए । साथै उनले पार्टीको भेलाले वैज्ञानिक समाजवादी संस्कृतिका केही आयामहरुको घोषणा, सकल्प गर्ने बताए ।

भेलाको उद्घाटन समारोहमा नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल लगायतका नेताहरु भेला उपस्थित हुने छन् ।

आगामी चुनावमा जाने या नजाने भन्ने पनि भेलाले तय गर्ने अहुतिले जानकारी दिए । पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘हामी चुनावमा जाने या नजाने भोलिको भेलाले तय गर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्