Logo
Logo

कस्तो रहला आज दिनभरिको मौसम ?


1.4k
Shares

काठमाडौं । अहिले देशमा भारतको बिहार राज्य आसपासमा रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव सामान्य रुपमा परेको छ ।

प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही अन्य ठाउँमा आंशिक बदलीदेखि बिहानको मौसम सामान्यतयाः सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै दिउँसो प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेशसहित गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही अन्य ठाउँको मौसम सामान्यतयाः सफा रहने महाशाखाको भनाइ छ । यस्तै प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।

महाशाखाका अनुसार राति प्रदेश नं १ लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही स्थानमा मौसम सामान्यतयाः सफा रहने जनाइएको छ । प्रदेश नं १ का पहाडी भू–भागका थोरै स्थानहरु र गण्डकी प्रदेशका पहाडी भेगका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको उल्लेख गरिएको छ ।

यसैबीच, प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको र तराईका भू–भागहरुमा हल्का तापक्रम बढ्ने क्रममा रहेकाले गर्मीबाट हुनसक्ने सम्भावित असरबाट जोगिन आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्