Logo
Logo

तालिवानी आक्रमणमा मारिए ६ जना पाकिस्तानी सैनिक


1.1k
Shares

एजेन्सी । तालिवानी समूहको आक्रमणमा परी ६ जना पाकिस्तानी सैनिक मारिएका छन् ।

उक्त समूहले पाकिस्तानको उत्तरपश्चिममा पर्ने सेनाको शिविरमा हिजो आक्रमण गरेको थियो । सैनिक स्रोतका अनुसार सो हमलामा पाकिस्तानका ६ जना सैनिकको मृत्यु भएको हो । पाकिस्तानको स्थानीय तालिवान समूहले ट्याङ्क सहरमा आक्रमण गरेको तेहरेक–ए–तालिवान पाकिस्तान (टिटीपी) को दाबी छ । एजेन्सीका अनुसार पाकिस्तानको उक्त तालिवानी समूह गत अगस्टमा अफगानिस्तानको सत्ता कब्जा गर्न सफल अफगानी तालिवान समूहसँग आबद्ध छ ।

‘व्यापकरूपमा पाकिस्तानी तालिवान समूह र सेनाबीच सशस्त्र भीडन्त हुँदा ६ जना सिपाहीले सहादत प्राप्त गरेका छन्, केही घाइते भएका छन् ।’, पाकिस्तानी सेनाले आक्रमणको पुष्टि गर्दै भनेको छ । पाकिस्तानी सेनाका अनुसार तालिवान समूहतर्फ पनि ठूलो मात्रामा क्षति भए पनि उनीहरूले मृतक र घाइतेलाई आफूसँगै लगेको उल्लेख गरेको छ ।

उक्त आक्रमणमा परी ३० जना भन्दा बढी सैनिक घाइते भएका र ठूलो संख्यामा सैनिक अधिकारीको मृत्यु भएको टीटीपीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्