काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले आएर फेरि माओवादीप्रति आकर्षण बढ्दै गएको बताएका छन् ।
बिहीबार रिपोर्टस् नेपालको वार्षिक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आफू देशका विभिन्न ठाउँमा जाँदा माओवादीमै जनताको आकर्षण देखिएको बताए ।

अध्यक्ष प्रचण्डले भने, ‘देशलाई अप्ठ्यारो पर्दा बचाउने काम माओवादीले गर्दै आएको छ । शान्ति सम्झौतादेखि एमसिसी पास गर्नेसम्मका काममा माओवादी अग्रसर रह्यो । माओवादीले संकट मोचनको भूमिका खेल्नुपर्ने तर सबैले स्वीकार गर्न नसक्ने पनि देखिएको छ ।’
उनले माओवादीप्रति जनताको आकर्षण रहेको दावी गरे । उनले भने, ‘माओवादीप्रति फेरि आकर्षण बढेको छ। यसो भनेर अहंकार गरेको छैन ।’
आगागमी चुनावमा सत्तारूढ गठबन्धनसँगै तालमेल गरेर जाने उनले बताए । ‘कांग्रेसले चुनावी तालमेलबारे के गर्ला भन्ने थियो केन्द्रीय समितिले तालमेल गरेरै जाने निर्णय गर्यो ।’












