Logo
Logo

देउवाजीले लामो समय बेलायतमा पढ्नुभयो तर संसदीय अभ्यास बुझ्नुभएनः योगेश भट्टराई


- दृष्टि न्युज/संवाददाता


काठमाण्डौ, ५ असार ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सांसद योगेश भट्टराईल विपक्षी दल नेपाली कांग्रेसले संविधान र कानुनको उलंघन गरेको आरोप लगाएका छन् । प्रधानमन्त्रीले संसदमा बोल्न खोजेको बेला अवरोध गर्नु भनेको संसदीय इतिहास र परम्पराविपरीत भएको उनको भनाई छ । प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले लामो समय बेलायतमा पढेपनि त्यहाँको संसदीय अभ्यासलाई भने नबुझेको टिप्पणी भट्टराईको छ । उनले व्यंग्य गर्दै भने ’विश्वविद्यालयतिर धेरै जानुपर्ने भएकाले होला बेलायतको संसदतिर भने जान उहाँलाई फुर्सद भएनछ । त्यसकारण बेलायतको अभ्यास के थियो ? दुनियाँको संसदीय अभ्यास के थियो भन्ने सायद कम जानकारी भयो होला ।’

 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा विनियोजन विधेयक २०७६ माथिको छलफलमा सहभागी हुँदै उनले प्रजातन्त्रवादीको श्रीपेच लगाइदिएको पार्टीले संविधान नियम, कानुन नमान्नुको साथै संसदमा सभामुखको आदेश पनि नमान्ने गरेको बताए ।

’सभामुखका आदेश मान्दैनौँ ? नियम मान्दैनौँ । कानुन मान्दैनौँ। संविधान मान्दैनौँ । किन कि हामी दुनियाले हामीलाई प्रजातन्त्रवादी भनिदिएकै छ । संविधान नमाने पनि प्रजातन्त्रवादीको श्रीपेच लगाउन पाइएकै छ । त्यसकारणले संविधान मान्दैनौ । कानुन मान्दैनौ । कानुन र संविधान कम्युनिष्टलाई मात्रै लाग्छ ।’ उनले भने ‘मलाई त लागेको थियो, नेपाली कांग्रेस जस्तो जिम्मेवार पार्टीले संसदमा जे भयो, त्यसमा आत्मालोचन गर्ला भनेको त भोलिपल्ट आएर झन रिसाएको बिरालोले खाँबो चिथोरेजस्तो ढंगले पो यहाँ प्रस्तुत हुन थाल्नुभयो ।’

प्रतिक्रिया दिनुहोस्