Logo
Logo

प्रहरीलाई १० हजार घुस


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ५ असार ।
मोटरसाइकल छुटाउन १० हजार घुस दिने व्यक्ति फन्दामा परेका छन् ।

रूपन्देही मर्चवारी गाउँपालिका वडा नं.१ बस्ने रामराज यादवले मिति २०७६।०२।३२ गते प्रहरी चेकिङको क्रममा जिल्ला रूपन्देही सि.न.पा.वडा नं.६ गल्लामण्डीबाट अनुसन्धानको क्रममा दाखिला हुन आएको २ वटा भारतीय मोटरसाइकलहरू छुटाउनका लागि भनी जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरीलाई १० हजार रुपैयाँ घुस दिन खोज्दा प्रहरीले उक्त घुस दिन ल्याएको रकम सहित निज रामराज यादवलाई पक्राउ गरेको हो ।
यादबलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही अघि बढाएको छ। गत साता रुपन्देहीका इन्सपेक्टर केशब बस्नेत १५ हजार घुससहित पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्