Logo
Logo

भरतपुर महानगर नपाए एक्लै भिड्ने कांग्रेको निर्णय


6k
Shares

चिवतन । सत्तारुढ दल नेपाली कांग्रेस जसरी पनि चितवनको भरतपुर महानगरपालिका आफ्नो पक्षमा पार्ने निर्णयमा पुगेको छ ।

हाल नेकपा माओवादी केन्द्रका रेणु दाहालले नेतृत्व गरिरहेको भरतपुर महानगर आगामि निर्वाचनमा आफ्नो पक्षमा पार्न चितवन कांग्रेस आक्रमक रुपमा प्रस्तुत भएको छ ।

केन्द्रमा सत्तारुढ दलले तीनै तहको निर्वाचनमा गठबन्धन गरेर अघि बढ्ने निर्णय गरेपनि कांग्रेस चितवनले भने भरतपुर महानगरपालिकाको मेयर पद नछाड्ने निर्णय गरेको छ ।
जसरी पनि भरतपुर कांग्रेसको भागमा पर्नुपर्ने यदि नपाए गठबन्धन छोडेर एक्लै प्रतिस्पर्धामा जाने निर्णय भएको जिल्ला सभापति राजेश्वर खनालले बताएका छन् ।

अघिल्लो निर्वाचनमा पनि भरतपुरमा कांग्रेसको बलियो दावी थियो । त्यतिखेर कांग्रेसले माओवादीका उम्मेद्वार दाहाललाई समर्थन गरेको थियो ।

अघिल्लो निर्वाचनमा माओवादीलाई सहयोग गरेको भन्दै चितवन कांग्रेसले यसपटक माओवादीले कांग्रेसलाई सहयोग गर्नुपर्ने भन्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्