Logo
Logo

तालमेलको ‘मोडालिटी’बारे थप निर्णय गर्दै गठबन्धन


6.2k
Shares

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनले स्थानीय निर्वाचनमा जाँदा तालमेलको ‘मोडालिटी’बारे थप निर्णय गर्ने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणपछि आइतबार साँझ स्वदेश आएकाले तालमेलको ‘मोडालिटी’बारे थप निर्णय गर्न मंगलबार बैठक बस्ने भएको हो ।

फाइल फोटो

बैठकको मिति तय नभए पनि समय तय हुन बाँकी रहेको गठबन्धनको एउटा घटक राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बताएकी छन् ।

१७ चैतमा आगामी स्थानीय निर्वाचनमा तालमेल गर्ने गठबन्धनले निर्णय गरेयता प्रदेशदेखि पालिका स्तरमै तालमेल र त्यसको मोडालिटीबारे छलफल सुरू भएको हो ।

तालमेलबारे गठबन्धनको नेतृत्व दल कांग्रेसभित्र भने असन्तुष्टि देखिएको छ । डा शेखर कोइराला पक्षले कांग्रेस एक्लै निर्वाचनमा जानुपर्नेमा जोड दिँदै तालमेल हुँदा माओवादीलाई मत माग्न नसकिने जनाएको छ ।

नेता वर्षमान पुनले माओवादी–एमालेबीच तालमेलबारे छलफल भइरहेको बताइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्