Logo
Logo

अध्यक्ष कपको उपाधि लेटाङलाई


फिपराज बेघा

630
Shares

मोरङ । जिल्लाको कानेपोखरी गाउँपालिकामा अन्तरपालिकास्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि आइतबार लेटाङ नगरपालिकाले जितेको छ । उपाधिसँगै लेटाङले १ लाख नगद रुपैयाँ, उपविजेताले ६० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त ग¥यो ।

बेलवारी नगरपालिकालाई २-० गोल अन्तरले हराउँदै लेटाङले उपाधि उचालेको हो । लेटाङका लागि अनुप मगर र सागर बिकले १–१ गोल गरेका थिए । खेलको दोेस्रो हाफ पछि ५० र ६५ औं मिनेटमा मगर र बिकले गोल गरेका थिए ।

अध्यक्ष कपको बिद्यागततर्फ बेस्ट कोच लेटाङका इन्द्र राई, बेष्ट गोलकिपर बेलबारीका सन्तोष दनुवार, बेष्ट डिभेन्स लेटाङका राजु मगर, बेष्ट मिडफिल्डर बेलबारीका भक्त भण्डारी, बेष्ट फरवार्ड लेटाङका सागर विक र हाइस्कोरर लेटाङका आयुस लिम्बु र अनुप मगर घोषित भए ।

उनीहरुले जनहि ३ हजार, मेडल र ट्रफी प्राप्त गरे । बेलबारीका पारष खत्री खेलको सर्वोउत्कृष्ट घोषित भए उनले ५ हजार नगद, ट्रफी, मेडल प्राप्त गरे । कानेपोखरी खेलकुद परिषदद्धारा कपको आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्