Logo
Logo

एकीकृत समाजवादीनै असली कम्युनिष्ट पार्टी : माधव नेपाल


6.6k
Shares

फाइल फोटो

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लोकतन्त्रवादी शक्ति एक भएर जानुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा लोकतन्त्रवादीको गठबन्धन हुने बताएका हुन् ।

विगत सरकारले प्रतिगमन निम्त्याएको र अहंकारी बनेकाले नै गठबन्धनको आवश्यकता परेको उनको भनाइ रहेको छ ।

‘विन–विन’को सिद्धान्तले गठबन्धन हुन्छ भन्दै पूर्वप्रधानमन्त्री नेपालले नेकपा एकीकृत समाजवादीनै असली कम्युनिष्ट पार्टी भएकाले मतदाताले कलम चिह्नमा अपार मत हाल्ने विश्वास व्यक्त गरे ।

उनले युक्रेन र रुसको समस्या जटिल भएकाले यसको समाधान बहस र छलफलबाट टुङ्गो लगाउनुपर्ने समेत धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्