Logo
Logo

माओवादीबाट निर्वाचित उपमेयर एमाले प्रवेश


13.4k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट धनुषाको गणेशमान चारनाथ नगरपालिकामा उपमेयर निर्वाचित मीना यादव नेकपा एमाले प्रवेश गरेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुगेर यादव माओवादी परित्याग गर्दै एमाले प्रवेश गरेका हुन् । यादवसँगै नेता विष्णुदेव यादव पनि एमाले प्रवेश गरेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, स्थायी कमिटी सदस्य प्रभु साह र लेखा आयोगका अध्यक्ष पुष्प कडेँल लगायतले उनीहरुलाई स्वागत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्