
विराटनगर । प्रदेश नम्बर १ सरकारले डा. पूर्ण लक्समलाई प्रदेश योजना आयोगको उपाध्यक्ष नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले लक्समलाई उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । लक्सम यसअघि आयोगको सदस्य थिए ।
मन्त्रिपरिषदले आयोगको सदस्यहरु समेत नियुक्त गरेको छ । डा. ज्ञानेन्द्रबहादुर कार्की, नारायण कोइराला, प्रकाश राई र अञ्जु खड्का सदस्य नियुक्त भएका छन् ।
मन्त्रिपरिषद् बैठकले प्रदेश प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशकमा विष्णुकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्ष र सदस्य सचिवलाई हटाउने निर्णय गरेको छ ।
यसैगरी बैठकले सगरमाथा टिन्स क्लब (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ लाई संशोधन गरी सो सम्बन्धमा बनेको नयाँ कार्यविधि, २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ ।
बैठकले स्मृति प्रतिष्ठान, फाउण्डेसन र अध्ययन केन्द्रलाई अनुदान रकम प्रदान गर्ने सम्बन्धी कार्यविधि २०७८ स्वीकृत गर्ने निर्णय गरेको प्रदेश नं. १ सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले जानकारी दिए ।














