Logo
Logo

नेपाल एयरलाइन्सभित्रै कालोबजारी


2k
Shares

काठमाडौं । पर्यटनमन्त्री प्रेम आलेले पर्यटन क्षेत्रमा सुधारको प्रयास गरेपनि वर्षाैदेखि अवैध धन्दा चलाउँदै आएका कर्मचारीले उनलाई चुनौती दिएका छन् । पर्यटन मन्त्रालय अन्र्तगतको नेपाल वायु सेवा निगमभित्र यत्रो विकृति अझै बढेको छ ।

निकम्मा व्यवस्थापनका कारण तीन दिनदेखि बैंककमा यात्रु अलपत्र परेका छन् । जहाजको एउटा टायर फेर्न तीन दिन लागेपछि यात्रुहरु बैंककमा अलपत्र परेका हुन् । गत शुक्रबार बैंककबाट उड्नुपर्ने आर ए ४०२ नम्बरको जहाज हिजो सोमबार मात्र उडेको थियो । यसबाट निगमलाई करोडौं नोक्सानी परेको छ ।

केन्द्रीय कार्यालय मात्र होइन क्षेत्रीय कार्यालयहरुमा पनि व्यापक अनियमितता रहेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको छ । बिशेषगरी नेपालगञ्जस्थित क्षेत्रीय कार्यालय अनियमितता चरम अवस्थामा पुगेको छ ।

नेपालगञ्जबाट दुर्गम क्षेत्रको उडानको टिकट वायु सेवा निगमकै कर्मचारीले कालोबजारी गर्दै आएको आरोप स्थानीयले लगाएका छन् । यसमा कार्यालय प्रमुख किरणमान श्रेष्ठकै मिलेमतो रहेको स्रोत बताउँछ । उनले चलखेलका आधारमा कतिपय व्यक्तिहरुलाई बिना टिकट समेत उडाउने गरेका छन् । त्यही विषयमा गत शुक्रबार विवाद हुँदा उनी नेपाल प्रहरीका असइ नवराज बमबाट कुटिएका थिए । बोर्डिङ पास बिना नै एक व्यक्तिलाई विमानमा जान दिइएकोमा असइले रोकेपछि विवाद भएको थियो । त्यही क्रममा श्रेष्ठ असइबाट कुटिएका हुन् ।

कार्यालय प्रमुख किरणमान श्रेष्ठले वायु सेवाको घरलाई समेत आफु निकट व्यक्तिहरुलाई सस्तोमा भाडामा लगाएका छन् । श्रेष्ठ २९ वर्षदेखि नेपालगञ्ज कार्यालयमै कार्यरत छन् । उनकै कारण नेपालगञ्जबाट दुर्गम जाने यात्रुहरुले सधैं समस्या भोग्दै आएका छन् । टिकट लुकाएर सधैं महंगोमा बिक्रि हुने गरेको स्थानीयको आरोप छ । उनीबाट आजित भएका स्थानीयले हालै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी गरेका छन् ।

टिकटको विषयलाई लिएर सधैं जसो नेपाल वायु सेवा निगमको नेपालगञ्ज कार्यालयमा विवाद हुने गरेको छ । लुकाएर टिकट बिक्री गर्ने, चर्काे मुल्य लिने गरेका कारण विवाद हुने गरेको हो । नेपाल एयरलाइन्सले नियमित उडान तालिका पनि प्रकाशन गर्ने गरेको छैन । जसबाट निजी एयरलाइन्सहरुलाई फाइदा पुगेको छ ।

निजी एयरलाइन्ससँगकै साँठगाँठमा नेपालगञ्ज डोल्पा उडान पनि सञ्चालन नगरिएको स्रोत बताउँछ । नेपाल एयरलाइन्सभित्रको यस्तो विकृतीबारे एक स्थानीयले गुनासो गर्दा कार्यालय प्रमुख श्रेष्ठले उल्टो गाली गर्दै आफुलाई कसैले केही गर्न नसक्ने बताएका छन् ।

क्षेत्रीय कार्यालयमा अन्य आर्थिक अनियमितता समेत व्यापक छ । क्षेत्रीय कार्यालय सञ्चालनका लागि आएको बजेट समेत लेखापालसँग मिलेर हिनामिना गर्दै आएका छन् । श्रेष्ठले वायु सेवाको घरलाई समेत आफु निकट व्यक्तिहरुलाई सस्तोमा भाडामा लगाएका छन् । श्रेष्ठ २९ वर्षदेखि नेपालगञ्ज कार्यालयमै कार्यरत छन् ।

उनकै कारण नेपालगञ्जबाट दुर्गम जाने यात्रुहरुले सधैं समस्या भोग्दै आएका छन् । टिकट लुकाएर सधैं महंगोमा बिक्रि हुने गरेको स्थानीयको आरोप छ । उनीबाट आजित भएका स्थानीयले हालै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्