Logo
Logo

अख्तियारको फन्दामा असई


- दृष्टि न्युज/संवाददाता


सुनसरी, ८ असार ।
प्रहरी चौकी भोक्राहा सुनसरीका प्रहरी सहायक निरीक्षक पदम बहादुर कटुवाल पक्राउ परेका छन् ।

वन मन्त्रालयबाट पक्राउ पुर्जी आएको छ यही मिलाईदिन्छु भन्दै बहानामा उनले एक स्थानीयसँग पैसा लिएका थिए । सात हजार रुपैयाँ घुस लिएलगत्तै उनी पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि मुद्दा प्रक्रिया अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्