Logo
Logo

फिट रहन जिम र योगा गर्छिन् आलिया (भिडियो)



काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्ट निकै फिट र सुन्दर देखिन्छिन् । बलिउडमा आउनु अघि निकै मोटी देखिएकी आलियाले सुन्दर देखिनका लागि निकै मेहनत गर्ने गरेकी छन् ।

उनको पहिलो फिल्म ‘स्टुडेंट अफ द ईयर’ का लागि १६ किलो तौल घटाएकी थिइन । उनले यो तौल निकै कम समयमा घटाएकी थिइन ।

‘मलाई मेरो फिगर बनाउनु छ भन्नेबारे म सोच्दिनथे । सिर्फ स्वस्थ र फिट रहने रहनुपर्छ भन्ने कुरामा विश्वास गर्दथे’,
आफ्नो फिटनेसबारे उनी भन्छिन् ।

तर, अहिले आलिया नियमित रुपमा जिममा एक्सरसाइज र योगा गर्छिन । उनकी फिटनेस टे«नर यास्मीन काराचिवालाले समयसमयमा आलियासँगै साथमा र्वकआउट गरिरहेको भिडियो पनि सेयर गरिरहेकी हुन्छिन् ।

आलिया पनि आफ्नो इन्स्टाग्राममा आफ्नो एक्सरसाइज र योगा गरिरहेको र स्वस्थ खाना खाइरहेको भिडियो र तस्विर सेयर गरिरहेकी हुन्छिन् ।

आलियालाई एक्सरसाइज र वर्कआउट गर्न मन पर्छ। खासगरि धेरैजसो सेलिब्रेटी विकेंडमा एक्सरसाइट गर्न छोड्छन् । तर आलिया समय पाएसम्म विकेंडमा पनि वर्कआउट गर्छिन ।

आलिया भट्ट र कटरीना कैफको भेट पनि जिममा नै भएको थियो । कटरीनाले आलियालाई जिम रुटीन र दैनिक तालिममा धेरै मदत गरेकी थिइन ।

उनी आफ्नो स्किन केयरमा पनि निकै सजग छन् । उनी दिनमा कसमेकम २ पटक स्किन क्लिजिंग गर्ने बताउँछिन् । राति सुत्नु अघि सबै मेकअप सफा गर्ने गर्छिन ।

आलियाले एक इन्टरभ्यूमा भनेकी थिइन,‘मलाई धेरै र पटकपटक मेकअप गर्न मन पर्दैन । तर, सुटिङमा लगाउनुपर्छ। म व्यक्तिगत रुपमा सिम्पल रहन मन पराउँछु ।’

उनलाई गाजल लगाउन मन पर्छ । भारतीय महिलाको आँखामा गाजल निकै सुन्दर देखिने उनको भनाई छ । आलियाको शीर्ष भूमिका रहेको चलचित्र ‘गंगूबाई काठियावाडी’ प्रदर्शनमा आएपछि उनको चर्चा चुलिएको छ ।


भिडियो

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस्