Logo
Logo

एकीकृत समाजवादीमा उम्मेदवार छनोट मापदण्ड- विद्रोहमा भूमिका खेलेकालाई प्राथमिकता


16.2k
Shares

काठमाडौं । नेकपा एमालेबाट बिद्रोह गरी गठन भएको नयाँ राजनीतिक दल नेकपा एकीकृत समाजवादी पार्टी पहिलोपटक आम निर्वाचनमा सहभागी हुँदैछ ।

यसअघि, राष्ट्रियसभा सदस्यको निर्वाचनमा सहभागी भएतापनि एकीकृत समाजवादी स्थानीय तहको निर्वाचनमार्फत पहिलोपटक आम निर्वाचनमा सहभागी हुन लागेको हो । देशभर संगठन विस्तारकै क्रममा रहेको एकीकृत समाजवादीले देशभरका सबै पदमा उम्मेदवारी दिने घोषणा गरेको छ । संगै उम्मेदवारका लागि योग्यतासमेत तोकेका छ ।

देशभरका पार्टी संगठनलाई उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको एकीकृत समाजवादीले उम्मेदवारका लागि ७ बुँदे मापदण्ड तोकेको हो ।

पार्टीको नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको, पार्टीमा योगदान गरेको र विद्रोहमा भूमिका खेलेको, पार्टीप्रतिको निष्टा र अनुशासनमा दृढ तथा आर्थिक एवं नैतिक आचरण राम्रो रहेको व्यक्ति उम्मेदवारका लागि योग्य हुनेछन् ।

त्यसैगरी, जनतामा स्थापित एवं लोकप्रिय, स्वच्छ छवी भएको र सुशासनको पक्षपाति, कार्यक्षमता राम्रो भएको तथा समावेशीतालाई ध्यान दिने नेता नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बन्न पाउनेछन् ।

एकीकृत समाजवादी वर्तमान सत्तारुढ दल आवद्ध गठबन्धनबाटै स्थानीय तह निर्वाचनमा सहभागी हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्