Logo
Logo

नेतृत्वविहीन बन्यो सशस्त्र प्रहरी बल


12.2k
Shares

काठमाडौं । सशस्त्र प्रहरी बल नेतृत्वविहीन भएको छ । चार वर्षे कार्यकाल पूरा गरी सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल अवकाश पाएपछि नेतृत्वविहीन बनेको हो । अवकाश भएसँगै उनी सोमबार विदा भएका छन् ।

खनालले अवकाश पाएपनि नयाँ सशस्त्र प्रहरी महानिरीक्षक टुंगो लगाउन लागेको छैन । सरकार अहिले स्थानीय तहको निर्वाचन तयारीमा व्यस्त छ । तर, यसैबेला प्रमुख सुरक्षा निकायमध्ये सशस्त्र प्रहरी बलको नेतृत्वविहीन भएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल

१९ दिनका लागि कसलाई सशस्त्रको नेतृत्व सुम्पिने भन्ने कुरामा मन्त्रिपरिषदले निर्णय गरिसकेको छैन । लोकसेवा आयोगका अध्यक्ष, प्रधानमन्त्री कार्यालयका सचिव र गृहसचिव नेतृत्वमा रहने बढुवा समितिले महानिरीक्षक सिफारिस गर्छ ।

सशस्त्र प्रहरीमा नयाँ नेतृत्व २१ दिनका लागि मात्रै चयन हुने छ । हाल एआइजी रहेका दुई जनामध्येबाट सरकारले एक जनालाई सशस्त्र प्रहरी महानिरीक्षक नियुक्ति गर्नुपर्ने अवस्था छ ।

२१ दिनका लागि नयाँ सशस्त्र प्रहरी महानिरीक्षकमा एआइजी पुष्पराम केसी र रामशरण पौडेलको दाबी छ । उनीहरू खनालकै ब्याचमेट हुन् । उनीहरू उमेरहदका कारण वैशाख १९ मा अवकाश हुँदैछन् । त्यसपछि पुनः नयाँ नेतृत्व चयन गर्नुपर्नेछ, त्यही दिन नेपाल प्रहरीमा पनि प्रहरी महानिरीक्षकसहित एआइजीहरू अवकाशमा जाँदैछन् ।

प्रतिक्रिया दिनुहोस्