Logo
Logo

ट्रेडयुनियनभित्र मौलाउँदो विकृति



काठमाडौं । निजामती कर्मचारीहरुको हक अधिकारका लागि भनेर खुलेका ट्रेड युनियनका नेताहरु सबै आकर्षक र घुुसखोर कार्यालयमा बस्ने गरेका छन् । नैतिक बल भएको कर्मचारी ट्रेड युनियनको नेता नै हुननसक्ने अवस्था छ । जसकाकारण ट्रेड युनियन भनेको घुस खाने कार्यालयमा सरुवा हुने, भ्रष्टाचार गर्ने कुस्त कमाउने हो भन्ने आम बुझाई छ । घुस खाने कार्यालयमा सरुवाहुने र अरु कर्मचारीसँग लाभ लिंदै घुस खाने कार्यालयमा सरुवा गराउनमात्र ट्रेड युनियन नेताहरु तल्लीन देखिने गरेपछि यस्तो धारणाको विकास भएको हो ।


दुर्गम क्षेत्रमा बस्दै नबसीदुई ठूला पार्टी निकट ट्रेड युनियनका नेताहरु नायबसुब्बाबाट शाखाअधिकृतमा बढुवा भएको बिषयपनि उठिसकेको छ । नेपालनिजामतीकर्मचारी संगठनका अध्यक्ष केदारप्रसाद देवकोटा, आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोलानाथ पोखरेल र निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेल मापदण्ड नै नपुगी ट्रेड युनियनको आडमा शाखाअधिकृतमा बढुवा भएको आरोप लागेको थियो । उनीहरु एक बर्षअघि अधिकृत बढुवा भएकाहुन् । बढुवा हुन अरु नायबसुब्बाहरुको लागि दुर्गममा अनिवार्य कााम गरेको हुनुपर्छ । तर देवकोटा, पोखरेल र गोपाल एक दिन पनि दुर्गममा काम नगरी बढुवा भएका थिए । समायोजन अध्यादेश आइसकेपछि ट्रेड युनियन नेताहरु आफू स्थानीयतह र प्रदेशमा जानु नपर्ने गरी भित्रभित्रै सहमतिगर्न उद्यतभएको आरोप सामाजिक संजालहरुमा लाग्दै आएका छन् ।
त्यसैगरी ट्रेड युनियनका नेताहरु सधैं आकर्षक र अतिरिक्त आम्दानी गर्ने ठाउँ खोज्दै हिंड्दा आन्दोलनकै बदनाम हुन पुगेको छ । हरेक दल निकट र आधिकारिक ट्रेड युनियनका नेताहरु प्रायः सबैलाई आकर्षक कार्यालयमा छन् । आधिकारिक ट्रेड युनियनका नेताहरु कर्मचारीहरुका लागि रोलमोडल बन्नुपर्ने हो, तर अध्यक्ष पुण्यप्रसाद ढकाल गृहमन्त्रालयको आकर्षक महाशाखा, उपाध्यक्ष भोला पोखरेल पुननिर्माण प्राधिकरणको स्टोर, महासचिव सुबोधकुमार देवकोटा ४ अर्बको सडक आयोजनाकाप्रमुख छन् । निजामती कर्मचारी संघका अध्यक्ष गोपाल पोखरेल राजस्व समूहमा कुस्त तर मार्दैआएका हुन् भने निजामतीकर्मचारी संगठनका अध्यक्ष केदार देवकोटा अर्थमन्त्रालयको लेखामा रमाउँदै आएका छन् ।
ट्रेड युनियन मात्र होइन, नेपाली कांग्रेस निकट अधिकृत र उपसचिवहरुको संगठन कामादका महासचिव कोषहरि निरौला ८० हजार रुपैयाँ घुससहित २०७५ मंसिर ४ गते पक्राउ परेकाथिए । रुपन्देहीकाजिल्ला सरकारी वकिल कार्यालयका प्रमुख कोषहरि निरौला घुससहित पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काठमाडौं कार्यालयबाट खटिएको टोलीले उनलाई ८० हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो । उनले ठगी मुद्दा मिलाइदिने बाहनामा सेवाग्राहीसँग घुस माग गरेको सूचनाको आधारमा अख्तियार टोलीपुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्