काठमाडौं । सत्तारुढ गठबन्धनले तत्कालीन नेकपा एमालेबाट स्थानीय तहमा विजयी भएका र हाल नेकपा एकीकृत समाजवादीमा रहेका जनप्रतिनिधिका लागि ती स्थान छाड्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकले नेकपा एसमा लागेका स्थानीय तहका जनप्रतिनिधिलाई त्यसै अनुसार मान्ने निर्णय गरेको सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
सिट बाँडफाँटका लागि गठबन्धनले तय गरेका ७ आधारकाे पहिलो बुँदामै एकीकृत समाजवादीलाई सम्बोधन गरिएको छ । ‘२०७४ को स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा विजयी नेकपा एकीकृत समाजवादी कायम रहेका जनप्रतिनिधिहरुलाई त्यसै अनुसार मान्ने’, पहिलो बुँदामा भनिएको छ ।














