काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाकी छोरी प्रतिष्ठा थापा (रायमाझी)ले राप्रपा छोडेकी छन् ।
उनले साधारण सदस्यसमेत नरहने गरी राप्रपाबाट राजीनामा दिएकी हुन् । गत महाधिवेशनमा प्रतिष्ठा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाको केन्द्रीय सदस्य पदमा निर्वाचित भएकी थिइन् । राप्रपा र नेतृत्वमा केही महिनादेखि देखिएको सैद्धान्तिक तथा नैतिक विचलनका कारण भारी मन लिएर आफूले पार्टी परित्याग गर्नुपरेको उनको राजीनामा पत्रमा उल्लेख छ । केही दिनअघि मात्र थापाका भतिजा अभिषेक थापाले पनि राप्रपा परित्याग गरेका थिए ।
पछिल्लो समय लिङ्देन नेतृत्वको राप्रपा छोडेर थापा नेतृत्वको राप्रपा नेपालमा आउने क्रम तीव्र रुपमा चलेको छ । मंगलवार मात्र राप्रपाकी केन्द्रीय सदस्य युवती कार्कीले पनि पार्टी परित्याग गरेकी थिइन् ।














