Logo
Logo

शान्तिराम खरेल र सुनिता केदेमले घन्काए पालाम (भिडियोसहित)



काठमाडौं । पालाम लिम्बू संस्कृतिकमूलक गीतको हो, जसलाई लिम्बू समुदायको पहिचान बोकेको छ । कुनै बेला पालाम लिम्बूले मात्र गाउँछ भन्ने मान्यता र सोच थियो । तर, पछिल्लो समय कला, संस्कृति र भेषभूषा कमक हुन थालेको छ ।

यस्तै, बुधबार एउटा पालाम सार्वजनिक भएको छ । जसमा लय, संकलन स्वर शान्तिराम खरेलले दिएका छन् । रुबुशा क्रियटिभ वर्कसले निर्माण गरेका उक्त पालाममा शान्तिराम खरेलसँगै सुनिता केदेमको स्वर रहेको छ ।

शान्तिराम खरेल विश्वब्यापी अनलाईन पालाम गायन प्रतियोगितामा टप ५ सम्म परेका हुन् भने सुनिता केदेम लिम्बु उक्त प्रतियोगिताकी विजेता हुन् ।

साथै उक्त पालाममा चर्चित गायक गायिका भीम लिम्बु, दिवस पयाँगू, दिपा सुहाङ्, रानी चोङ्बाङ, रोजिना थेगिम्, तारा थेबे, खुशी थुलुङ, रुकमान लिम्बुलगायतको पनि स्वर रहेको छ । ‘खेदा–५’ शीर्षक दिइएको उक्त पालामको संगीत संयोजन अशोक लोहरुङ राईले गरेका हुन् ।

यस पालामको भिडियोमा रुकमान लिम्बु, भीम लिम्बु, पुर्ण सेत्लिङ्, शिब कुमार सम्म्बाहाङ्फे, दिवस पयाङ्गु, मनु थक्लुङ लिम्बु, अभिषेक केरुङ्, कृष्ण राज नेम्बाङ्, राजन नेम्बाङ्, जीवन केदेम, शान्तिराम खरेल, आशिष लिम्बू, रानी चोङ्बाङ, सुनिता केदेम, दीपा सुहाङ, तारा थेबे, इन्दिरा चोङ्बाङ, बत्तिमाया लिम्बू, रेश्मा लिम्बू, खुशी थुलुङ, शान्ती निङ्लेकु, रानी चोङबाङलगायतका कलाकारको अभिनय रहेको छ ।

यस भिडियोका लागि पोस्ट प्रोडक्सन रुबुशा कृएटिभ वर्क्स प्रा.लिको रहेको छ भने यस भिडियोलाई लोकेन साँबा लिम्बूले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्