Logo
साहित्य

फौबञ्जारीले माटो खाए



लहर चल्यो भन्छन् बहरहरू
चुलिएको रहर लिएर
कति दिन अमृत पिलाऊ यिनलाई
जहर आफै पिएर

न निल्नु, न ओकल्नु
जलेर कण्ठ नीलो भयो
कोही चण्ड, कोही उद्दण्ड
यी मुसदण्डको खेलमा
आँगन नै नरहने भयो

यी कहिले अघाएनन्
फगत म सकिँदै गए
मेरै गीत गाएर यिनले
मलाई नै सखाप पारे

ओसार पसारको व्यापारमा
माटो खाने नशा लागेका फौबञ्जारीले
मेरो माटो नै खाए
म त जाउला यात्रा सकेर
यिनले त सन्तति नै भ्याए ।

प्रतिक्रिया दिनुहोस्