काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले केपी शर्मा ओली कम्युनिष्ट आन्दोलनको सबैभन्दा ठूलो गुटवाद भएको बताएका छन् ।
राजधानीमा आयोजित कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका खनालले गुटवादलाई प्रश्रय दिन पार्टी एकीकरण गरेको आरोप लगाए ।

‘कम्युनिष्ट पार्टीको मार्गदर्शन पालना गर्नुपर्छ । कम्युनिष्ट पार्टीको नेतृत्वबाट मात्रै समाजवाद निर्माण हुन्छ । पार्टीभित्र विद्रोह आवश्यकता रहेकाले हामीले विद्रोह गर्यौं,’ उनले भने । ठीक वैचारिक कार्यदिशा लिएर अगाडि बढ्दै गए देशको सबैभन्दा ठूलो पार्टी एकीकृत समाजवादी हुने उनको भनाइ थियो ।
‘केपी ओलीको नेतृत्वमा भएको पार्टीमा विकार र विकृति विकसित भएको छ । यो पार्टीलाई साँचो अर्थको क्रान्तिकारी र अनुशासित पार्टी बनाउनु पर्छ । गुटबन्दीको गन्ध आउन दिनु हुँदैन,’ उनले भने














