Logo
Logo

भरतपुर महानगरपालिकाको मेयर माओवादीलाई छाड्ने देउवाको संकेत


4k
Shares

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार माओवादी केन्द्रलाई छाड्ने संकेत गरेका छन् ।

शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा नेताहरुले भरतपुरको मेयर कुनै हालत छाड्न नहुने बताएका थिए । महामन्त्री विश्वप्रकाश शर्माले भरतपुर महानगरपालिकाको नेतृत्व यसपटक माओवादीले कांग्रेसलाई छाड्नुपर्ने बताएका थिए । तर सभापति देउवाले भरतपुर नगर कमिटीको सभापतिले आफूसँग उपमेयर लड्न तयार छु भनिसकेको बताए ।

बैठकमा देउवाले बोलेको उदृत गर्दै सहमहामन्त्री किशोरसिंह राठोरले भने- ‘भरतपुरको मेयर अहिले माओवादी केन्द्रको छ । गठबन्धन भएपछि आफूले जितेर काम गरेको ठाउँमा माओवादीले पुनः दाबी गर्ने कुरा स्वभाविक हो । तालमेल गरेर जाँदा भरतपुर फेरि पनि माओवादी केन्द्रको प्राथमिकतामा पर्न सक्छ । हामीले दिनुपर्ने अवस्था हुनसक्छ ।’

साथै कांग्रेसले धोका दिन नसक्ने भन्दै उनले पार्टीका कारण कुनै हालतमा गठबन्धन टुट्न नहुने बताएको एक नेताले अनलाइनखबरलाई बताए ।

प्रतिक्रिया दिनुहोस्