तनहुँ । तनहुँमा नेपाली कांग्रेस गोविन्दराज जोशी समूहले नेकपा एमालेसँग चुनावी तालमेल गर्ने भएको छ ।
आसन्न स्थानीय चुनावमा जोशीका छोरा दीपकराज जोशी व्यास नगरपालिकाको मेयर पदमा उठ्ने तयारीमा छन् । उनले सम्पर्क कार्यालय खोलेका चुनावी प्रचारलाई समेत तीव्र बनाएका छन् ।

शनिबार जोशी निवासमा बैठक भएको छलफलमा जोशी समूहबाट चार र एमालेबाट चार जना रहने चुनावी परिचालन समिति गठन गर्ने निर्णय गरेको छ । उनले सबै पालिकाका प्रमुख, उपप्रमुखलगायत पदहरूमा एमालेसँग साझा उम्मेदवारी दिने सहमति बताए ।
०७४ मा तनहुँमा रामचन्द्र पौडेललाई हराउन भूमिका खेलेको आरोपमा पूर्वसहमहामन्त्री जोशीलाई पार्टीले ५ वर्षका लागि साधारण सदस्य पनि नरहने गरी कारबाही गरेको थियो । उनीमाथि गरिएको अनुशासन कारबाही फिर्ता लिनेबारे कांग्रेसमा छलफल भइरहेको बेला जोशीले एमालेसँग चुनावी तालमेल गर्ने भएका छन् ।














