
काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेतृत्वबीच भोलि (सोमबार)सम्म देशभरका महानगरपालिका र उपमहानगरपालिका उम्मेदवार टुंग्याउने सहमति भएको छ ।
आज (आइतबार) बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेतृत्वको बैठकले भोलिसम्म महानगररउपमहानगरबारे टुंगो लगाउने निर्णय गरेको हो ।
माओमादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वकीय सचिव रमेश मल्लका अनुसार शिर्ष नेतृत्वको बैठकले भोलिसम्म महानगररउपमहानगरबारे टुंगो लगाउने, बाकी सबै प्रदेशमा निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे भोलि नै कार्यदलको रिपोर्ट लिने निर्णय गरेको हो ।
‘वालुवाटारमा बसेको गठबन्धन शिर्ष नेतृत्वको बैठकले भोलिसम्म महानगर/उपमहानगरबारे टुंगो लगाउने, बाकी सबै प्रदेशमा निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे भोलि नै कार्यदलको रिपोर्ट लिने निर्णय गरेको छ’ उनले भने ।














