Logo
Logo

हिमालयशम्शेर राणा सम्मानित



काठमाडौं । नेपाल राष्ट्र बैंकका संस्थापक गभर्नर तथा नागरिक समाजका अगुवा हिमालयशम्शेर जबरालाई आज नेपाल पर्यटन बोर्डमा आयोजित एक विशेष कार्यक्रममा पुरस्कारसहित सम्मान गरिएको छ ।

रुद्र गौरी, श्री अम्विका ओली प्रतिष्ठानले रु. पाँच लाख राशिको पुरस्कारसहित सम्मान गरेको हो । कार्यक्रममा प्रमुख अतिथि लोकेन्द्रबहादुर चन्दले उहाँले राष्ट्रका लागि पु¥याउनुभएको योगदानको कदर गर्दै यो सम्मान गरिएको बताउनुभयो ।

प्रतिष्ठानले विषम र प्रतिकूल परिस्थिति तथा चुनौतीहरुका बीच नेपालमा पहिलोपटक विनिमय दरको व्यवस्था गरी भारतीय मुद्राको प्रचलनलाई निरुत्साहन गरी नेपाली मुद्रालाई चलनचल्तीमा ल्याउन उल्लेख्य कार्य गरेको र, नेपालमा स्वतन्त्र अर्थतन्त्रको जग बसाउन आधारस्तम्भको काम गर्नुका साथै नेपालको अर्थ व्यवस्थाको संस्थागत सुधारमा योगदान पु¥याएवापत जबरालाई पहिलोपटक रु पाँच लाखको पुरस्कार तथा सम्मान प्रदान गरेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा ५० भन्दा बढी जिल्लाका बालबालिकालाई समावेशी ढंगबाट विगत सात वर्षदेखि खोटाङ जिल्लामा जीवन उपयोगी व्यावहारिक ज्ञानसहित व्यावसायिक कृषिलगायतका विषयमा शिक्षा प्रदान गरी श्रमप्रति सम्मान गर्ने प्रवृत्ति विकास गर्न अनवरतरुपमा लागेका कृषिविज्ञ मदन राई र सामाजिक कुसंस्कारविरुद्धका अभियन्ता युवती खड्का केसी र विभिन्न साहित्यिक कृतिहरुको प्रकाशनसहित विगत साढे चार दशकदेखि निरन्तर नेपाली साहित्यको विकासमा क्रियाशील विवश पोखरेललाई नगद पुरस्कार र सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्