Logo
Logo

एमालेले सचिवालय बैठक बोलायो


5.2k
Shares

काठमाडौं । स्थानीय तहको निर्वाचनबारे छलफल गर्न नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

सोमबार च्यासलस्थित तुलसीलाल स्मृति भवनमा अवस्थित केन्द्रीय कार्यालयमा साँझ ६ बजे सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

स्थानीय तह निर्वाचन केन्द्रीत एजेण्डाहरुमाथि छलफल गर्न बैठक बोलाइएको गुरुङले बताएका छन् । गुरुङका अनुसारसचिवालय बैठक अगाडि केन्द्रीय कार्यालयको बैठक बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्