काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ३० का वडा सदस्य निरजराज सत्यालको निधन भएको छ ।
विसं २०७४ को स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिका वडा नं. ३० को वडा सदस्यमा निर्वाचित सत्यालको आइतवार राति ९ बजे निधन भएको हो । उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । उनले भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका थिए ।
नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीति अगाडि बढाएका सत्याल त्रिचन्द्र क्याम्पसको पूर्वस्ववियु पदाधिकारी भएका थिए । उनी काठमाडौं क्षेत्र नं. ४ को पूर्वक्षेत्रीय सदस्यसमेत थिए । उनको गएराति नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।














