Logo
Logo

पोखरामा एकीकृत समाजवादीसँग चुनावी तालमेल टुटेको कांग्रेसको घोषणा


2.6k
Shares

पोखरा । नेपाली कांग्रेसले पोखरा महानगर नेकपा एकीकृत समाजवादीसँग चुनावी तालमेल नगर्ने घोषणा गरेको छ । समाजवादीले अस्वभाविक दाबीका कारण सहमति जुट्न नसकिएको कांग्रेसले जनाएको हो ।

सचिव देवेन्द्र रानाभाट र भानुभक्त ढकालले आज विज्ञप्ति निकालेर अब एकीकृत समाजवादीसँग चुनावी प्रतिस्पर्धा हुने उल्लेख गरेका छन् । स्थानीय चुनावमा एकीकृत समाजवादीसँग मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धासहित जाने कांग्रेसले जनाएको छ ।

केन्द्रमा सत्तागठबन्धनबीच ६ महानगर भागबन्डा गर्ने छलफल भइरहँदा कास्की कांग्रेसले भने पोखरामा मेयर छाड्न नसकिने बताएको छ । एकीकृत समाजवादीले कास्कीको मेयर दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्