Logo
Logo

यस्तो रहनेछ आजको मौसम


504
Shares

काठमाडौं । अहिले देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव सामान्य रुपमा परेको छ । देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य स्थानको मौसम बिहान सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी ठाउँमा आंशिक बदली रहनेछ। त्यस्तै, प्रदेश नं. १ सहित देशको पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । राति प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ । यस्तै, प्रदेश नं. १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको बताइएको छ ।

यसैबीच, प्रदेश नं. १ लगायत देशको पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाको अनुरोध छ । देशका तराई र चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेका कारण गर्मीबाट हुनसक्ने सम्भावित असरबाट जोगिनसमेत महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्