Logo
Logo

डोल्पाका दुई गाउँपालिका अध्यक्ष एमाले छाडेर एकीकृत समाजवादीमा प्रवेश


3.1k
Shares

काठमाडौं । डोल्पाका दुई जना गाउँपालिका अध्यक्षले नेकपा एमाले छाडेर एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । एमालेबाट उम्मेदवार भई गाउँपालिका अध्यक्षमा निर्वाचित अंगतकुमार राना र सेनाङ गुरूङले पार्टी छाडेका हुन् ।

काईके गाउँपालिका अध्यक्ष राना र छार्का ताङसोङ गाउँपालिका अध्यक्ष गुरूङ्क माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै सोमबारदेखि एकीकृत समाजवादीमा प्रवेश गरेको उल्लेख गरेका छन् । राना एमाले कर्णाली प्रदेश कमिटी सदस्य पनि थिए ।

यस्तो छ विज्ञप्ति

प्रतिक्रिया दिनुहोस्