Logo
Logo

आगलागीबाट चार वटा पसल नष्ट


756
Shares

मोरङ । विराटनगर महानगरपालिका–७ अस्पताल चोकमा रहेको होटल र पसलमा सोमवार राति १२ बजे आगलागी हुँदा चार वटा पसल पूर्णरूपमा नष्ट भएको छ ।

विराटनगर महानगरपालिका वारुणयन्त्र कार्यालयका दिनेशकुमार चौधरीका अनुसार कुमारप्रसाद घिमिरेको घरमा सञ्चालित होटल र किराना पसल आगलागीबाट जलेर नष्ट भएको हो । उक्त आगो विराटनगरका तीन र दुहवी नगरपालिकाको एउटा वारुणयन्त्र, प्रहरी र सर्वसाधारणको सहयोगमा आज बिहान २ बजे नियन्त्रणमा लिइएको कार्यालयका फायरम्यान चौधरीले जानकारी दिए ।

आगो के–कसरी लाग्यो भन्ने सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको र क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको चौधरीले बताए । आगो नियन्त्रणका क्रममा कार्यालयका तीन जना कर्मचारी घाइते भएका थिए । उनीहरुको स्थानीय म्याक्स अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्