काठमाडौं । नेकपा (एकीकृत समावादी)ले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ । मंगलबार काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा पार्टीका अध्यक्ष माधवकुमार नेपालले सो घोषणा पत्र सार्वजनिक गरेका हुन् ।

घोषणापत्रमा नेकपा एमाले विभाजन गरेर नयाँ पार्टी गठन गर्नुको कारणलाई विशेष जोड दिएर उल्लेख गरिएको पार्टीका उपमहासचिव विजष पौडेलले जानकारी दिए । घोषणापत्रमा पार्टी अध्यक्ष समेत रहेका माधव कुमार नेपाल नेतृत्वको तत्कालीन सरकारले गरेका काम उल्लेख गरिएको छ।
यस्तै, २०५१ सालको तत्कालीन एमाले (मनमोहन अधिकारी नेतृत्वको) सरकारले गरेका काम र उक्त सरकारले अगाडि सारेको ‘आफ्नो गाउँ आफैं बनाउँ’ कार्यक्रमबारे पनि चर्चा गरिएको पौडेलले जानकारी दिए ।














