Logo
Logo

एकीकृत समाजवादीको घोषणापत्र- हरेक वार्डमा खेल मैदान


378
Shares

काठमाडौं । एकीकृत समाजवादीले आफ्नो घोषणापत्रमा खेलकुलदलाई पनि प्राथमिकतामा राखेको छ । मंगलबार पार्टीले सार्वजनिक गरेको घोषणापत्रमा ‘हरेक पालिकामा युवा विभाग, हरेक वार्डमा खेल मैदान’ भन्ने नारा दिएको छ ।

बालबालिका तथा युवाहरुको शारिरिक र मानसिक विकासका लागि खेलकुदका गतिविधिमा संलग्नु हुनु अत्यावश्यक भएको भन्दै पार्टीले खेलकुदलाई अघि सारेको छ । त्यसको लागि बालबालिका तथा युवाहरुको सहज पहुँचमा खेल मैदान हुनुपर्ने घोषणापत्रमा उल्लेख छ ।

घोषणापत्रमा भनिएको छ- ‘हरेक वार्डमा साना खेल मैदान र हरेक पालिकामा फुटबल, क्रिकेट लगायतका खेल खेल्न सकिने ठूला खेल मैदान हुनु आवश्यक छ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को वर्चस्व भएका पालिकाका हरेक वार्डमा साना खेल मैदान र पालिकास्तरमा ठूला खेल मैदान निर्माण गरी बालबालिका तथा युवाहरुको स्वास्थ्य सुगठनमा विशेष ध्यान दिइने छ ।’

प्रतिक्रिया दिनुहोस्