Logo
Logo

पोखरा महानगर एकीकृत समाजवादीलाई दिने सहमति


29.7k
Shares

काठमाडौं । पोखरा महानगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीेलाई दिने सत्ता गठबन्धन दलहरुबीच सहमति भएको छ । मंगलबार दिउँसो बालुवाटारमा बसेको गठबन्धनको बैठकले सो सहमति गरकोे हो ।

अन्य महानगरपालिकाको नेतृत्व कसले पाउने भन्ने विषयमा गठबन्धनका दलहरुले सोमबार नै करिबकरिब सहमति जुटाइसकेका थिए । तर पोखरा महानगरपालिकाको हकमा सहमति जुट्न नसक्दा बैठक स्थगित भएको थियो ।

सहमति अनुसार तीन महानगरको नेतृत्व कांग्रेसले लिने, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एकरएक महानगरको नेतृत्व लिने भएको छ ।

कांग्रेसलाई काठमाडौं, ललिपुर र विराटन महानगरपालिकाको प्रमुखमा दिने सहमति भएको छ । यस्तै माओवादी केन्द्रलाई भरतपुर, जसपालालाई वीरगंज महानगरपालिका दिने सहमति भएको स्रोतले जानकारी दियो ।

गठबन्धनको बैठकमा पोखरा एकीकृत समाजवादीलाई दिनुअघि प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पोखराका नेताहरुलाई भेटेका थिए ।

प्रतिक्रिया दिनुहोस्