काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज घोषणापत्र सार्वजनिक गर्दैछ ।
अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेका पार्टीका प्रवक्ता मोहन श्रेष्ठले बताए । पार्टी कार्यालयमा सार्वजनिक गरिने घोषणापत्रमार्फत राप्रपाले पार्टीको प्रतिबद्धता र योजनाहरु ल्याउने उनले जानकारी दिए ।
नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राप्रपा नेपालले घोषणापत्र सार्वजनिक गरिसकेका छन् । ठूला पार्टीहरु कांग्रेस, एमाले र माओवादी केन्द्रले भने सार्वजनिक गरेका छैनन् ।














