Logo
Logo

चार गोल गर्दै लिभरपुल विजयी


819
Shares

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलवार राति सम्पन्न खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ४–० अन्तरले हराएको छ ।

उपाधि होडमा रहेको लिभरपुलले घरेलु मैदान एनफिल्डमा एकपक्षीय खेल खेल्दै म्यानचेस्टर सिटीलाई पछ्याउने क्रममा दुवै हाफमा दुई–दुई गोल गरेको हो । उपाधि यात्राका लागि एक पक्षीय खेल खेलेको उक्त टोलीको सानदार जितमा मोहम्मद सलाहले दुई तथा लुइस डियाज र साडियो मानेले एक–एक गोल गरेक हुन् । पुत्रशोकका कारण युनाइटेडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो खेलमा अनुपस्थित थिए ।

जितसँगै शीर्षस्थानमा उक्लिएको लिभरपुलले ३२ खेलमा ७६ अंक जोडेको छ भने एक खेल कम खेलेको म्यानचेस्टर सिटीको अंक ७४ छ । हारसँगै युनाइटेड ३३ खेलबाट ५४ अंक जोडेर छैटौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्