Logo
Logo

आईपीएल : बैंगलोरसँग लखनउ १८ रनले पराजित


441
Shares

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले लखनउ सुपर जाइन्ट्सलाई १८ रनले पराजित गरेको छ । बैंगलोरको उक्त जितमा कप्तान फाप डु प्लेसीको ९६ रनको योगदान महत्वपूर्ण रह्यो ।

टस हारेर पहिले ब्याटिङ थालेको बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८१ रन जोडेको थियो । बैंगलोरको सुरुवात राम्रो थिएन । उसले पहिलो ओभरमै दुई विकेट गुमायो । विराट कोहली खाता नै नखोली आउट भए । तर, फाप डु प्लेसीले कप्तानी पारी सम्हाले । ६४ बलको सामना गरेका उनले ११ चौका र २ छक्काको मद्दतमा ९६ रन जोडे । यसैगरी, ग्लेन म्याक्सवेलले २३ र शहबाज अहमदले २६ रनको योगदान गरे । दिनेश कार्तिक १३ रनमा नटआउट रहे ।

१८२ रनको विजय लक्ष्य पछ्याएको लखनउले ८ विकेटको क्षतिमा १६३ रन मात्र बनाउन सक्यो । लखनउका लागि क्रुणाल पाण्डेयले ४२ र लोकेश राहुलले ३० रन बनाए । बलिङतर्फ बैंगलोरका लागि जोश हेजलवुडले २५ रन खर्चिएर चार विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्