कैलाली । मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि नेपाल आर्मी क्लब र एपीएफ क्लब भिड्ने भएका छन् ।
अखिल नेपाल कबड्डी संघको आयोजनामा कैलालीको धनगढीमा जारी राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि दुवै टोली आज खेल्दैछन् । मंगलवार भएको सेमिफाइनलमा आर्मीले लुम्बिनी प्रदेशलाई ४५–१२ अंकले तथा एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई ३७–३२ अंकले पराजित गरेको हो ।
उपाधि विजेताले रु. एक लाख ५० हजार, उपविजेताले रु. ८० हजार र सेमिफाइनलमा स्थान बनाएका दुई टोलीले रु. ४० हजार पुरस्कार प्राप्त गर्नेछन् ।











