Logo
Logo

अनेसासको अद्यावधिक समितिमा प्रा. डा. लुइँटेल



काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को आजीवन सदस्यता अद्यावधिक समितिको संयोजकमा प्रा. डा. खगेन्द्रप्रसाद लुइँटेल चयन भएका छन् ।

अनेसासको मंगलवार बसेको बैठकले प्रा. डा. लुइँटेलको संयोजकत्वमा तीन सदस्यीय आजीवन सदस्यता अद्यावधिक समिति गठन गरेको हो । समितिको सदस्यमा साहित्यकारद्वय राम खत्री र राम लामा ‘अविनाशी’ छन् । नेपाली भाषा, साहित्यलाई अन्तर्राष्ट्रियस्तरसम्म फैलाउनका लागि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको स्थापना गरिएको हो । बत्तीस वर्ष पुरानो संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा हाल विश्वभर ६० भन्दा बढी शाखा छन् भने दुई हजार दुई सय सदस्य रहेको अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए ।

तथ्यांक संकलनका लागि अनेसासले प्रा. डा. लुइँटेलको संयोजकत्वमा आजीवन सदस्यता अद्यावधिक समिति गठन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्