Logo
Logo

गभर्नर अधिकारी फर्किए काममा


441
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आजदेखि काममा फर्किएका छन् ।

सर्वोच्च अदालतले अधिकारीलाई निलम्बन गर्ने मन्त्रिपरिषद्को चैत २४ को निर्णय तत्काल कार्यान्वयन नगर्न हिजो आदेश दिएको थियो । त्यसपछि उनी आजबाट फेरि काममा फर्किएका हुन् । अधिकारीलाई राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा कर्मचारीहरूले स्वागत गरेका थिए ।

उनको निलम्बनका विषयमा छलफल गर्न सर्वोच्चले वैशाख १३ गते दुवै पक्षलाई बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्