Logo
Logo

पोखराको मेयर नपाएपछि कांग्रेस कार्यकर्ताले पार्टी कार्यलयमा लगाए ताला


315
Shares

कास्की । पोखरा महानगरको मेयर नपाएको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताले पार्टी कार्यालयमा बुधबार ताचा लगाइदिएका छन् ।

नेपाली कांग्रेस पोखरा महानगर कार्यसमितिले जिल्ला कार्यालयमा ताला लगाएको पोखराका सचिव गणेशबहादुर थापाले जानकारी दिए । उनका अनुसार कार्यकर्ताको भावनाविपरीत पोखराको मेयर अरू पार्टीलाई दिइएकाले ताला लगाएका हो । उनले कांग्रेसबाहेक अरू दललाई भोट दिन नसक्ने बताए ।

सत्ता गठबन्धनको मंगलबार बसेको शीर्ष बैठकले पोखरा महानगरको मेयर नेकपा एकीकृत समाजवादीलाई दिने निर्णय गरेको थियो । गत सोमबार कास्की कांग्रेसले विज्ञप्ति निकालेर जिल्ला स्तरको गठबन्धनबाट बाहिरिन र स्वच्छ प्रतिस्पर्धामा उत्रिन समाजवादीलाई आग्रह गरेको थियो । विज्ञप्तिमा एकीकृत समाजवादी पार्टीलाई मेयरमात्र होइन, वडा सदस्य समेत दिन नसकिने कांग्रेसले जनाउँदै आएको थियो ।

जिल्ला कार्यालयमा तालाबन्दीपश्चात बुधबार दिउँसो पोखराका वडा सभापतिहरूको भेला डाकिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्