काठमाडौं । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरुले पनि धमाधम चुनावी घोषणापत्र सार्वजनिक गर्न थालेका छन् । त्यसरी सार्वजनिक गरिएका घोषणापत्रमा जनताको मन जित्ने प्रयत्न गरिँदै आएको छ ।

यसैक्रममा जनता समाजवादी पार्टी (जसपा)ले पनि स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।
घोषणापत्रमा हरेक पालिकामामा स्थानीय विशिष्टता अनुरुप सेरोफेरोमा चक्रपथ निर्माण गर्ने र पानीको महसुल २०० रुपैयाँसम्म मिनाहा गर्ने उल्लेख छ ।
साथै, आधुनिक शौचालय नभएको घरलाई शौचालय बनाउन १० हजार रुपैयाँ अनुदान दिने जसपाको घोषणामा उल्लेख छ । शिक्षामा १० प्रतिशत बजेट विनियोजन गर्ने, हरेक पालिकामा बर्थिङ सेन्टर, हरेक वडामा चिकित्सकसहितको स्वास्थ्य सेवा दिने पनि जसपाले घोषणापत्रमा उल्लेख गरेको छ ।
घोषणापत्रको पूर्णपाठ














