Logo
Logo
गठबन्धनमा महानगर बाँडफाँट

कांग्रेसले ६ मध्ये ३ महानगर पायो, राजमोले भाग पाएन


12.3k
Shares

काठमाडौं । लामो समयको छलफलपछि सत्तारुढ पाँच दलीय गठबन्धनले महानगरपालिकाको सिट बाँडफाँट टुंगो लगाएको छ ।
बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पन्न सत्तारुढ गठबन्धनको बैठकले महानगरको भागबन्डा टुंगो लगाएको हो । देशभरका ६ वटा महानगर मध्ये नेपाली कांग्रेसले तीन र नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तथा जनता समाजवादी पार्टी (जसपा)ले एक–एक महानगर पाएका छन् ।

गठबन्धनमा सहमति भएअनुसार कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका पाएको छ । त्यसैगरी, माओवादीले भरतपुर, एकीकृत समाजवादीले पोखरा र जसपाले वीरगन्ज महानगर पाएको छ ।

महानगरको प्रमुख संँगै गठबन्धनले सम्बन्धित महानगरमा उपप्रमुखको भागबन्डा समेत टुङ्याएको छ । सहमतिअनुसार नेपाली कांग्रेसले वीरगन्ज, भरतपुर र पोखरा गरी तीन महानगरमा उपप्रमुख पाएको छ । त्यसैगरी, माओवादीले ललितपुर, एकीकृत समाजवादीले काठमाडौं र जसपाले विराटनगरमा उपप्रमुख पाएको छ ।

गठबन्धनमै आवद्ध रहेता पनि राष्ट्रिय जनमोर्चाले भने महानगरको प्रमुख र उपप्रमुख दुवैमा भाग पाएन ।

प्रतिक्रिया दिनुहोस्