Logo
Logo

ब्राइटनलाई हराउँदै सिटी शीर्ष स्थानमा


693
Shares

एजेन्सी । म्यानचेस्टर सिटी प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । हिजो राति सम्पन्न खेलमा ब्राइटनलाई हराउँदै सिटी शीर्ष स्थानमा उक्लिएको हो ।

सिटीले ब्राइटनलाई ३–० ले पराजित गरेको हो । सिटीलाई जित दिलाउन रियाद महरेज, फिल फोडेन र बेर्नार्डो सिल्भाले एक–एक गोल गरे । घरेलु मैदानमा पहिलो हाफ गोलरहित बराबरी खेलेको सिटीले तीनै गोल दोस्रो हाफमा गरेको हो । खेलको ५३ औँ मिनेटमा महरेजले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । फोडेनले सिटीका लागि ६५ औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । ८२ औँ मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई ३–० को जित दिलाए ।

जितसँगै सिटीले ३२ खेलमा ७७ अंक जोडेर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । सिटी दोस्रो स्थानको लिभरपुल भन्दा १ अंकले अगाडि छ । पराजय व्यहोरेको ब्राइटनले ४० अंक जोडेर आफ्नो स्थान दशौँ बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्