Logo
Logo

आफैँलाई गोली हानेकी सैनिकको मृत्यु


8.1k
Shares

काठमाडौं । आफैँलाई गोली हानेकी एक सिपाहीको उपचारका क्रममा मृत्यु भएको छ ।

कपिलवस्तुको शमशेरदल गणमा कार्यरत सिपाही कोपिला राजवंशीको उपचारका क्रममा मृत्यु भएको हो । भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक जेसी शाहले बताए । कार्यालयका प्रवक्तासमेत रहेका उनले भने, “आज बिहान साढे ६ बजेतिर उहाँको निधन भएको खबर हामीलाई आयो ।”

उनलाई उपचारका लागि राति नै काठमाडौं लैजाने तयारी गरिए पनि हेलिकप्टर नआउँदा भैरहवामै उपचार गरिएको शाहले जानकारी दिए । डिएसपी शाहका अनुसार सिपाही राजवंशीले ड्युटीमा रहेका बेला आफैँले बोकेको एम १६ राइफलले आफ्नै पेटमा गोली हानेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्