एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा मास्क अनिवार्य गरिएको छ ।
कोभिडका संक्रमित दिनहुँ बढ्न थालेपछि मास्क अनिवार्य गरिएको हो । दिल्ली विपद् व्यवस्थापन प्राधिकरण (डीडीएमए) का अनुसार अब पनि मास्क नलगाउनेलाई ५ सय भारु जरिवाना गरिनेछ । तर, तत्काललाई विद्यालय बन्द गर्ने तथा सामाजिक जमघटमा प्रतिबन्ध लगाउने निर्णय भने नभएको डीडीएमएले जनाएको छ ।
पछिल्ला कही दिनयता दिल्लीमा संक्रमितको संख्या बढ्दै गएको छ । कोरोना महामारी सुरु भएदेखि हालसम्म भारतमा ५ लाख २२ हजार जनाको मृत्यु भइसकेको छ ।














