काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दैछ ।
पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यका अनुसार दिउँसो १ बजे बालकोटमा बैठक बस्न लागेको हो । बैठकमा महानगर र उपमहानगरपालिकाको उम्मेदवारको विषयमा छलफल हुने उनले बताइन् । बैठकले उम्मेदवारको मापदण्डका विषयमा छलफल गरी उम्मेदवारको छिनोफानो गर्ने नेतृ शाक्यको भनाइ छ ।
सत्तागठबन्धनले भने यसअघि नै महानगर र उपमहानगरको भागबण्डा टुंगो लगाएर सिट बाँडफाँट गरिसकेको छ ।














