Logo
Logo

गणेशमान सिंह तेस्रो ‘टेन के’ रोड रेस १७ वैशाखमा


504
Shares

काठमाडौं । वीर गणेशमान सिंह तेस्रो ‘टेन के’ रोड रेस वैशाख १७ गते आयोजना हुने भएको छ । रोड रेस वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीले आयोजना गर्न लागेको हो ।

रोड रेस शेर्पा महल दरबारमार्गबाट सुरु भइ महेन्द्र शालिक, रत्नपार्क, भद्रकाली, शहीदगेट, वीर अस्पताल, भोटाहिटी, जमल, राजदरबार दक्षिण गेट, केशरमहल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, शिवपुरी स्कुल, बालुवाटार, भाटभटेनी, टंगाल, बाल मन्दिर, पुलिस हेडक्वार्टर दक्षिण गेट, गैरीधारा, राजदरबार उत्तरपूर्व मोड, नागपोखरी, जय नेपाल सिनेमा घर हुँदै पुनः शेर्पा महल दरबारमार्गमा पुगेर सम्पन्न हुने आयोजकले जनाएको छ ।

रोड रेसमा यस पटक पुरुष र महिलातर्फ ५ किमि दौड पनि संचालन हुने छ । १० किमि दौडमा महिला तथा पुरुष तर्फका विजेताले ६० हजार पुरस्कार प्राप्त गर्ने छन् । दोस्रो हुनेले ३० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौ हुनेले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

५ कि मि तर्फ पुरुष तथा महिला तर्फका बिजेताले १५ हजार दोश्रो हुनेले १० हजार तेश्रोले ७ हजार, चौथो हुनेले ५ हजार र पाँची हुनेले ३ हजार प्राप्त गर्नेछन भने प्रतियोगितामा छैटौं देखि १०औँ स्थानसम्म प्राप्त गर्ने खेलाडीलाई गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । नयाँ कीर्तिमान कायम गर्ने पहिलो खेलाडीलाई नगद १० हजार प्रदान गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्